मलाई देशले के दियो?

Sakar Koirala is an aspiring advocate who roams around with a contemplative spirit, contemplating law beyond textbooks and on its philosophical meanings that shape human values and society.
Search for a command to run...

Sakar Koirala is an aspiring advocate who roams around with a contemplative spirit, contemplating law beyond textbooks and on its philosophical meanings that shape human values and society.
No comments yet. Be the first to comment.
Nepal cannot afford another experiment built on emotion alone.

आशिका तामाङको क्रियाकलापले नेपाली समाजमा एउटा महत्त्वपूर्ण प्रश्न उठाएको छ - सार्वजनिक हितका लागि गरिने व्यक्तिगत पहलहरूको सीमा कहाँसम्म हुनुपर्छ भन्ने विषयमा बहस गरिनु आवश्यक भएको छ। आशिकाले फोहोर व्यवस्थापन र सार्वजनिक शौचालयहरूको दुर्दशा जस्ता सम...

For the last months, my dimaag has been more chaotic than Kathmandu traffic during office time. It's like I'm constantly switching between two radio stations Hits FM in one ear and Radio Nepal in another. On one channel, I'm thinking, "broo, I'm turn...

Government ministry undergraduate internships are extremely valuable for students looking to add practical knowledge to their academics.

It's taken a year, but we've succeeded - the parliamentary calendar is finally here. Sumana Shrestha, MP of Rastirya Swatanra Party

विदेशमा केही समय बसेर नेपाल आउँदा चिया पसलतिर आफू बसेको देशको विकासका कुराहरुको प्रशंसा गरेर नथाक्ने एकजना दाईको कुरा सुन्छु अनि मनमनै भन्छु 'कति छिटो बिर्सेको है दाइ आफू जन्मेर, हुर्केर, पढेर केही बुझ्ने भएपछि धन कमाउन, आफ्ना छोराछोरीहरूलाई अरुका भन्दा गतिला बनाउने व्यक्तिगत स्वार्थका लागि प्यारो जन्मभूमिलाई माया मारेर बिदेसिएको त हो नि तपाई भन्दै' ती दाईलाई प्रश्न गर्न मन थियो। ' दाई , केही वर्ष विदेशिएर देश फर्कँदा नानाथरिका कमजोरी देखाई दोस्रो दर्जाको नागरिक भएर बाँचिरहेको कर्मभूमिलाई हरेक दृष्टिले उच्च देखाउनु कहाँसम्म सुहाउँछ र'? भनेर तर त्यस मैले त्यो प्रश्न सोधिन यसपटक मैले आफुलाई प्रश्न 'सोधे तलाई देशले के दियो भनेर?
हुन त देशले के दियो भनेर प्रश्न गर्न नहुने हो देशलाई के दिए भन्दै लामो लेखनै तयार गर्न पर्ने हो तर त्यो समय सायद अझै आएको छैन। मलाई माटोले श्राप दियो वा आशीर्वाद दियो त्यो म जान्दिन तर मलाई देशले काख लगाउन पर्नेमा पाखा लगाउने मात्र प्रयास गर्छ मलाई स्वदेशले परदेशिने बाटो मात्रै देखाउछ अग्रगमनले मलाई राहदानी विभाग देखाउछ र म जस्तै देशका युवाहरुलाई संविधानलेनै परिकल्पना गरेको समाजवादले वितृष्णा दिन्छ। मलाई कहाँ मन नभएको हो र यही माटोमा लडिबुडी गर्दै मेरो मातृत्वलाई अंगालो मारी प्रकृतिको मनोरमता स्पर्श गर्दै
आमाको काखमा न्यानोपनको आभास गर्दै बाबाको काधमा शिर ठाडो पार्न तर विडम्बना आखिर म के गर्न सक्छु मलाई थाहा छ आमाको फाटेको चोली बाबाको फाटेको स्टकोट अनि घरको चुहिने टिन फेर्नको लागि एकदिन राहदानी विभागको यात्रानै तह गर्नुपर्छ भनेर हो यो मन थाकेको छ , हतासिएको छ आँखामा उदासीनताको भाव छ ओठमा फिक्का हाँसो छ र मुहारमा मलिनता छ भविष्यको एकोहोरो चिन्ता छ बस्, योबाहेक केही छँदै छैन। सायद उमेरै यस्तै होला?
मलाई थाहा छ देशको माया सिद्धान्त होइन, व्यवहार हो । आदर्श होइन, यथार्थ हो । जन्मभूमि प्रतिको कर्तव्यबोध हो । नाट्यसम्राट वालकृष्ण समले देशभक्ति त मर्दैन चुत्थै देश भए पनि भनेका छन् । देश जति गरिव, पछौटे वा समस्याग्रस्त भए तापनि देशको माटोको सुगन्धले तानिरह्न्छ। देशलाई माया गर्ने व्यक्तिले मलाई देशले के दियो भन्ने कुरा सोच्दैन, बरु मैले मातृभूमिका लागि के योगदान दिन सके सक्छु भन्ने एंगलबाट सोच्छ र तदनुरूप कार्य गर्छ।
त्यसैले तदनुरुप... प्रयास जारी छ। धन्यवाद