राज्यले जन्माएको “आशिका” प्रवृत्ति

Sakar Koirala is an aspiring advocate who roams around with a contemplative spirit, contemplating law beyond textbooks and on its philosophical meanings that shape human values and society.
Search for a command to run...

Sakar Koirala is an aspiring advocate who roams around with a contemplative spirit, contemplating law beyond textbooks and on its philosophical meanings that shape human values and society.
No comments yet. Be the first to comment.
Nepal cannot afford another experiment built on emotion alone.

For the last months, my dimaag has been more chaotic than Kathmandu traffic during office time. It's like I'm constantly switching between two radio stations Hits FM in one ear and Radio Nepal in another. On one channel, I'm thinking, "broo, I'm turn...

Government ministry undergraduate internships are extremely valuable for students looking to add practical knowledge to their academics.

It's taken a year, but we've succeeded - the parliamentary calendar is finally here. Sumana Shrestha, MP of Rastirya Swatanra Party

आशिका तामाङको क्रियाकलापले नेपाली समाजमा एउटा महत्त्वपूर्ण प्रश्न उठाएको छ - सार्वजनिक हितका लागि गरिने व्यक्तिगत पहलहरूको सीमा कहाँसम्म हुनुपर्छ भन्ने विषयमा बहस गरिनु आवश्यक भएको छ।
आशिकाले फोहोर व्यवस्थापन र सार्वजनिक शौचालयहरूको दुर्दशा जस्ता समस्याहरूमाथि प्रकाश पारेर केही सकारात्मक परिवर्तनहरू ल्याउन सफल भएकी छिन्, उनको यस प्रयासलाई सराहना गर्नुपर्छ। तर हालै उनको "छापा" हान्ने शैलीले कानूनी र नैतिक प्रश्नहरू उठाएको छ।
पहिलो कुरा, कुनै पनि व्यक्तिलाई जहाँतहीँ क्यामेरा लिएर हिँड्ने र अरूको अनुमतिबिना भिडियो खिच्ने अधिकार छैन। उनका भिडियोहरूमा प्रायः मानिसहरूलाई अचानक क्यामेराको सामुन्ने ल्याइएको देखिन्छ, यो सहमतिमा आधारित संवादको मौलिक सिद्धान्तको उल्लंघन साथै गोपनीयताको उल्लंघन हो र कानूनी रूपमा यो गलत हो, उदाहरणका लागि, कुनै होटलमा अनुमतिबिना प्रवेश गर्नु र त्यहाँका कर्मचारीहरूलाई बलजफती भिडियो खिच्नु गैरकानूनी कार्य हो।
दोस्रो, आशिका सरकारी अनुसन्धान अधिकारी होइनन्। उनीसँग व्यवसायहरूको निरीक्षण गर्ने वा तिनीहरूलाई जवाफदेही बनाउने औपचारिक अधिकार छैन। आशिकाले आफूलाई कुनै सरकारी अनुसन्धान अधिकारी ठानेकी छिन्। यो कार्य स्पष्ट रूपमा गैरकानूनी र अनैतिक छ। यदि कुनै व्यवसायले नियम उल्लंघन गरेको शंका छ भने त्यसको उचित प्रक्रिया अपनाउनु पर्छ, जस्तै सम्बन्धित निकायमा उजुरी दर्ता गर्नु पर्छ।
तेस्रो, यस्ता अनधिकृत "छापाले"हरूले निर्दोष व्यक्ति र व्यवसायहरुलाई हानि पुर्याउन सक्छन्। उदाहरणका लागि, कुनै होटलको नकारात्मक भिडियो भाइरल भयो भने त्यसले त्यस व्यवसायलाई अपूरणीय क्षति पुर्याउन सक्छ।
उनले जटिल सामाजिक समस्याहरूलाई "आक्रमक" तरिकाले प्रस्तुत गर्छिन्। यसले वास्तविक समस्याको जरोसम्म पुग्न र दीर्घकालीन समाधान खोज्नमा बाधा पुर्याउँछ र उनका धेरैजसो कार्यहरू वास्तविक समस्या समाधानभन्दा पनि सामाजिक सञ्जालमा "भाइरल" हुने र आफ्नो प्रसिद्धि बढाउने उद्देश्यले मात्र प्रेरित जस्तो देखिन्छन्।
समस्या समाधानका लागि नेपालमा तीन तहका सरकार छन् ती अन्तगर्त सम्बन्धित निकायहरू र कानूनी प्रक्रियाहरू छन्। आशिकाले यी संयन्त्रहरूलाई पूर्णतः बेवास्ता गरेकी छिन्, जसले कानूनी राज्यको अवधारणालाई नै कमजोर बनाउँछ।
उनले आफूलाई समाजसुधारक भनेर दाबी गर्छिन्, तर उनका कार्यहरूमा सामाजिक उत्तरदायित्वको गम्भीर अभाव देखिन्छ। उनले आफ्ना भिडियोहरूमा देखाइएका व्यक्तिहरूको जीवनमा पर्न सक्ने नकारात्मक प्रभावहरूको कुनै वास्ता गरेको देखिएको छैन साथै उनका धेरैजसो "खुलासा"हरू सतही अवलोकनमा आधारित छन्। कुनै पनि गम्भीर मुद्दालाई उठाउनु अघि त्यसको विस्तृत अध्ययन र अनुसन्धान गर्नुपर्ने हुन्छ, जुन आशिकाले गरेको देखिंदैन।
आशिका तामाङको कार्यशैलीले उब्जाएको गम्भीर प्रश्नहरु:
१.आशिकाको "जनअदालत" शैलीले कानूनी प्रक्रियालाई कमजोर बनाउँछ। यसले मानिसहरूलाई आफ्नै हातमा न्याय लिने प्रवृत्तितर्फ धकेल्न सक्छ, जुन एक लोकतान्त्रिक समाजका लागि अत्यन्त खतरनाक हुन्छ।
२.उनका एकपक्षीय र अतिशयोक्तिपूर्ण भिडियोहरूले जनतामा भ्रम फैलाउन र गलत धारणाहरू स्थापित गर्न सक्छन्।
३.लगातार नकारात्मक र सनसनीपूर्ण सामग्रीको प्रसारणले समाजमा अविश्वास र भयको वातावरण सिर्जना गर्छ।
४.यस्ता अव्यावसायिक "सामाजिक अभियन्ता"हरूको बढ्दो प्रभावले गुणस्तरीय र जिम्मेवार पत्रकारितालाई प्रतिस्थापन गर्ने खतरा छ।
यस्ता घटनाहरुले हाम्रो राज्य असफल हुँदै गएको प्रष्ट हुन्छ , तथाकथित 'अभियन्ताले' सरकारको भूमिका खेलेको छ भने सरकार अनेकन फन्डामै व्यस्त छ। दोष जनताको हैन, उनीहरू हिजो नेता र पार्टीका प्रोपागान्डा पनि सही भन्दै थिए, आज आशिका तामाङ पनि सही भन्दै छन। समस्या:जस्ले जे काम गर्नु पर्थ्यो त्यो नगरेर भएको हो, आशिका तामाङको कार्यशैली एक 'पपुलिस्ट' प्रवृत्तिको प्रतिनिधित्व गर्छ जहाँ सामाजिक सञ्जालमा प्रसिद्धि र 'भाइरल' हुने चाहनाले कानून, नैतिकता र सामाजिक उत्तरदायित्वलाई लत्याउछ । यस्ता कार्यहरूले अल्पकालीन ध्यान त खिच्ला, तर दीर्घकालीन रूपमा समाजलाई थप क्षति पुर्याउँछ
वास्तविक समाज सुधारकहरूले धैर्य, विवेक र कानूनी मार्गको अवलम्बन गर्दै काम गर्नुपर्छ। समाज परिवर्तन एक जटिल र दीर्घकालीन प्रक्रिया हो, जसलाई सनसनीपूर्ण भिडियोहरू र अतिरञ्जित दाबीहरूले होइन, बरु ठोस अनुसन्धान, सहकार्य र निरन्तर प्रयासले मात्र हासिल गर्न सकिन्छ।
निष्कर्षमा, आशिका तामाङको कार्यशैली न त कानूनसम्मत छ, न त प्रभावकारी। उनले उठाएका केही मुद्दाहरू महत्त्वपूर्ण भए पनि, तिनलाई सम्बोधन गर्ने उनको तरिका पूर्णतः गलत र हानिकारक छ। समाज सुधारका नाममा कानून र नैतिकताको उल्लंघन गर्नु कदापि स्वीकार्य हुन सक्दैन। यदि आशिका वास्तवमै समाज परिवर्तनमा योगदान दिन चाहन्छिन् भने, उनले आफ्नो कार्यशैलीमा परिवर्तन ल्याउनुपर्छ। कानूनी र नैतिक मार्यादामा रहेर, उचित प्रक्रिया अपनाएर, र सम्बन्धित निकायहरूसँग समन्वय गरेर मात्र वास्तविक र दीर्घकालीन परिवर्तन सम्भव छ। अन्यथा, उनका यस्ता गैरजिम्मेवार कार्यहरूले समाजमा अराजकता र अविश्वासको वातावरण सिर्जना गर्नेछन्, जुन कुनै पनि हालतमा स्वस्थ समाजको लक्षण होइन।